डडेल्धुरामा अवैध घरेलु मदिरा नष्ट

डडेल्धुरा – डडेल्धुरामा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले शनिबार साँझ नियन्त्रणमा लिएको एक सय ८० लिटर अवैध घरेलु आइतबार नष्ट गरेको हो ।

maya metro hospital

शनिबार साँझ ७ बजेतिर जिल्ला सदरमुकामस्थित बगरकोट रोडमा पसल गरी बस्ने शान्ति मगर र सोही ठाउँका बलदेव जोराको पसलबाट अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुम नायकले जानकारी दिए ।

उनका अनुसार शान्तिको पसलबाट १७५ लिटर र जोराको पसलबाट ५ लिटर घरेलु मदिरा बरामद गरिएको हो । आइतबार दिउँसो स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहवर उक्त मदिरा नष्ट गरिएको इन्स्पेक्टर नायकले बताए । पछिल्लो समय प्रहरीले जिल्लाभर अवैध घरेलु मदिरा नष्ट गर्ने कार्यलाई तीव्रता दिएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.