अछाममा दुई युवायुवती लागुऔषधसहित पक्राउ
अछाम- अछाममा दुई युवायुवती लागुऔषधसहित पक्राउ परेका छन् । साँफेबगर नगरपालिका-३ टोटासालबाट बाजुराको बुढीनन्दा नगरपालिका-५ पाण्डुसैनकी ३३ वर्षीया पशुपती थापा शनिबार साँझ पक्राउ परेकी हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको टोलिले टहरामा राखेको २० ग्राम ३३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको जनाएको छ ।
बुढीनन्दा-४ मष्टामाडौँका २४ वर्षीय क्षितिज बुढालाई पनि ८ ग्राम ५ सय ९० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।