अछाम – अछामबाट ४ जुवाडे पक्राउ परेका छन्। मंगलसेन नगरपालिका – ५ मंगलसेन बजारका ५६ वर्षीय अर्जुनसिंह बिष्टको सिलाई कटाई पसलबाट ४ जुवाडे पक्राउ परेका हुन ।

विहिबार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नगद २३ हजार ६ सय ३० र ४ गड्डी ताससहित पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको पाठकले जानकारी दिए।


















