डडेल्धुरा- अछामका दुई जना युवक डडेल्धुरामा लागुऔषधसहित पक्राउ परेका छन् । अछामको साँफेबगर नगरपालिका–३ का २९ वर्षीय सुमन ठकुल्ला र २८ वर्षीय अशोक स्वार लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका हुन् ।
उनीहरुलाई डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेबाट ५ ग्राम २७ मिलिग्राम खैरो हिरोइनसहित बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

धनगढीबाट अछामतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४०७ नम्बरको बसमा सवार उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



















