मोटरसाइकलले ठक्कर दिँदा डडेल्धुरा घर भएका प्रहरी जवानको मृत्यु

मकवानपुर- मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङमा मोटरसाइकलको ठक्करबाट डडेल्धुरा घर भएका प्रहरी जवानको मृत्यु भएको छ ।

Karma Consultancy
belauri nagarpalika

ना ४३ प २२२ नम्बरको मोटरसाइकलले बिहान पिटीमा रहेका डडेल्धुरा आलिताल गाउँपालिका-६ घर भई २५ वर्षीय प्रहरी जवान विनोद एडीको मृत्यु भएको हो । बाग्मती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत उनलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

citizen security services

दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । चालक हेटौँडा उपमहानगरपालिका-४ हुप्राचौरका ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन् । उनलाई हेटौँडा अस्पतालबाट थप उपचारका लागि चितवन पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै, प्रहरी जवान नवराज सार्की र विजय खत्री सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.