अछाम- अछामको एक घरमा आगलागी भएको छ । जिल्लाको साँफेबगर नगरपालिका पातलकोटमा आगलागी भएको हो ।
भान्सामा बालेको आगो घर र गोठमा सल्किँदा एक गाई र दुई बाख्रा जलेर मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । आगलागीबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।