गेटा अस्पतालमा १ हजार ३७ बिरामीले सेवा लिए 

अत्तरिया – कैलालीको गेटा अस्पतालमा अढाई महिनाको अवधिमा १ हजार ३७ बिरामीले सेवा लिएका छन । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भित्र सञ्चालित अस्पतालमा उक्त सङ्ख्यामा बिरामीले सेवा लिएका हुन ।

maya metro hospital

गेटा अस्पताल कार्तिक १ गते देखि सञ्चालनमा आएको थियो । हाल अस्पतालमा बिरामी आउने संख्या बढ्दै गएको अस्पतालका निर्देशक डा। प्रमोद जोशीले बताएका छन । अस्पतालमा हाल ओपिडी, हाडजोर्नी तथा नशारोग ओपिडी, स्त्रीरोग सेवा, जनरल सर्जरी ओपिडी, अल्ट्रासाउण्ड सेवा, एक्सरे सेवा, प्रयोगशाला सेवा  र फार्मेसी सेवा उपलब्ध रहेका छन ।

अस्पताल १ सय शैय्याको संचालन गर्ने घोषणा गरी सञ्चालनमा आएको भएपनि इन्डोर सेवा भने सञ्चालन हुन सकेको छैन । हाल विश्वविद्यालयको इमर्जेन्सी भवनमा अस्पताल सञ्चालन गरिएको छ । 

attariya hospital

गेटामा अस्पताल संचालनका लागि चालु आर्थिक वर्षमा पुजीगत तर्फ ७९ करोड र चालु तर्फ साढे ३ करोड बजेट विनियोजन गरिएको छ । अस्पताल संचालनका लागि १४१ जनाको अस्थाइ दरबन्दी स्वीकृत भएपनि हाल अस्पतालमा २८ जना कार्यरत रहेको अस्पतालका निर्देशक जोशीले बताए । उनले चालु आर्थिक वर्षमै अस्पतालमा एमसीएच क्लिनिक, खोप सेवा विस्तार, विमाबाट प्राप्त हुने सेवा, अन्तरंग सेवा १ सय शैय्या विस्तार, इमर्जेन्सी तथा प्रसुती सेवा विस्तार, आइसियु तथा एनआइसीयु सेवा विस्तार, शल्यक्रिया सेवा विस्तार र जनशक्ति व्यवस्थापन गरिने बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.