खाेज्नुहाेस

विशेषज्ञ डाक्टर नहुँदा अकालमा ज्यान गुमाउदै बझाङका महिला

Image

बझाङ – स्त्रीरोग विशेषज्ञ डाक्टर नहुँदा बझाङका महिलाहरुले अकालमै ज्यान गुमाउनु परिरहेको छ । भएका डाक्टरको पनि काज फिर्ता भएपछि अहिले जिल्ला अस्पताल बझाङ स्त्रीरोग विशेषज्ञ विहिन छ ।

navjiwan hospital

यसअघि अस्पतालको मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर नवराज जोशीको स्वास्थ्य मन्त्रालयमै काज फिर्ता भएको थियो । अहिले उनको स्थानमा नाक, कान तथा घाँटीका विषेशज्ञ डाक्टर धिरज बिसन्ख अस्पतालमा आएको बताईएको छ । अस्पतालमा रहेका एक्ला स्त्रीरोग विशेषज्ञको पनि काज फिर्ता भएपछि अहिले अस्पतालमा उक्त सेवा प्रभावित बनेको छ ।

attariya hospital

जसका कारण जिल्लाका अधिकांस गर्भवती तथा सुत्केरी महिलाहरुले अकालमै ज्यान गुमाउनु परिरहेको छ । अस्पतालमा स्त्रीरोग विशेषज्ञ डाक्टरको माग आएपछि व्यवस्थापनका लागि पहल भैरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोनु सिंहले बताए । उनको स्थानिय सेवाग्राहीहरुको माग बमोजिम नै केही दिनमै चिकित्सक व्यवस्थापन गरिने बताए ।