सन्तोष पन्त/कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा एक परिवारले कान काटेको घटनामा १५ लाखको चेक अनादर मुद्दा खेप्नु परेको छ । भिमदत्त नगरपालिका –१० बनगाउका माया पहरीको परिवारलाई सोही ठाँउका बिशाल तिरुवाले १५ लाखको चेक अनादर मुद्दा हालेका हुन । गत बर्ष मंसिर २३ मा मायाको घर अगाडि छिमेकीको बिहेमा झैझगडा हुँदा राती एक समुहले बिशाल तिरुवाको छोरा सिद्दार्थ तिरुवाको कान काटिको थियो ।
घटनामा गोपालका छोरा सागरले कान काटेको भन्दै उपचार खर्च बेहोर्ने सहमती भएको थियो । कान काट्नमा आफ्नो परिवारका कुनै सद्स्यको हात नरहेको भएपनि दबाब दिएर श्रीमान गोपाल र छोरा सागर लाई फसाइएको मायाको भनाइ छ ।
‘गत वर्ष मंसिरको कुरा हो । छिमेकको पल्लो घरमा बिहे थियो । ,राती झै–झगडा भयो’ मायाले भनिन ‘कसले के गर्यो थाहा छैन । मेरो श्रीमान र छोरालाई तिमिहरुले नै कुटपिट गरेको हो भनी उपचार गर्नुपर्छ भन्ने दबाब दिए । दबाब दिएपछि उपचार गर्ने सहमति गर्यौ । पैसा थिएन भारत जाँदै थियौ विश्वासको लागि खालि चेक दिन भन्यो । साइन गरेको एसबीआई बैंकको चेक दियौ ।’
पछि आफैले रकम भरि पैसा नभएको खातामा १५ लाखको रकम बनाइ चेक बाउन्स गरि अहिले अदालतमा मुद्दा चलाएको मायाले बताइन् । मायाले कान काट्ने आफ्नो श्रीमान र छोरा नभइ भुपेन्द्र राना रहेको बताइन । बिशाल तिरुवा माओवादी केन्द्र भिमदत्त नगरपालिका –५ का वडा कमिटी सद्स्य हुन ।
यता बिशाल तिरुवा भने छोरालाइ गोपाल पहरी,उनका छोरा सागर र सोही ठाउका भुप्पी रानाले नै कुटपिट गरेको बताए । ‘गोपालको घर अगाडि मेरो सालाको बिहेको थियो । परिवार सहित गएका थियौ’ बिशालले भने’ छोरालाई तिनै जनाले कुटेका हुन । दातले कान काटेका हुन ।’ बिहेको १ हप्ता अघि वनगाउँ र शुकाशालका केटाहरुबीच झैझगडा भएको र, त्यहीँ निउमा छोरालाई कुटेको बिशालको आरोप छ ।
बिशालले खाली चेकमा १५ लाख आफैले हालेको स्वीकारेका छ्न । ‘छोराको कान काटे, उपचारको लागि समाजकै मान्छे बसेर छलफल गरि उपचार गराइदिने सहमती भयो’ बिशालले भने ‘सहमति पछि सम्पर्कमा नआउने, त्यसपछि दुई तीन चोटि भारत जाने, उपचार गर्न चासो दिएनन ।
सम्पर्कमा नआएपछि जिल्ला अदालत कञ्चनपुरमा मुद्दा हालेको हु ।’ उपचार खर्च माग्दा सम्पर्कमा नआएपछि सम्पर्कमा ल्याउन आफैले रकम भरी मुद्दा हालेको बिशालले बताए । उनले छोराको उपचारमा ४० हजार जति खर्च भएको बताए । उपचार खर्च व्यहोरेपछी विचाराधिन मुद्दा फिर्ता लिने बिशाल बताउछन् ।