गेटा आँखा अस्पतालले सुदूरबासीलाई सर्वसुलभ सेवा दिएको छ : नगरप्रमुख भट्ट

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले गेटा आँखा अस्पतालले सुदूरबासीहरुलाई सर्वसुलभ सेवा दिन सफल भएको बताएका छन । शनिबार नेपाल नेत्रज्योती संघको दोश्रो प्रदेश अधिवेशनमा बोल्दै नगरप्रमुखले प्रदेशबासीहरुलाई आँखा अस्पतालले सहज एवम् सुलभ सेवा प्रदान गरिरहेको बताए ।

maya metro hospital

उनले आँखा अस्पतालको सेवाले आफु निकै खुसी भएको समेत बताए । ‘सुदूरका दुरदराजका नागरिकहरुलाई सहज र सर्वसुलभ सेवा दिने काम अस्पतालले गरिरहेको छ, यो एकदमै खुसीको कुरा हो’ उनले भने ‘यसको अझै विकास र स्तरोन्नतीका लागि आवश्यक सहयोग गर्ने कुरामा नगरपालिका सदैव सकारात्मक छ ।’ उनले नगरको पहिचानको रुपमा पनि गेटा आँखा अस्पताल रहेको बताए । नगरको आर्थिक सहयोगमा आँखा अस्पतालमा निर्माण भैरहेको चमेना गृहको निर्माण कार्यलाई तिब्रता दिनका लागि पनि आफु कटिबद्ध रुपमा लाग्ने उनको भनाई थियो ।

फरक प्रसंगमा बोल्दै उनले प्रदेशकै पहिचानको रुपमा रहेको गेटा मेडिकल कलेजको सञ्चालनका लागि निरन्तर समन्वय गरिरहेको बताए । उनले मेडिकल कलेजको यथासिघ्र सञ्चालनका लागि स्वास्थ्यमन्त्रीलाई अनुगमनका लागि आग्रह गरेको समेत वताए ।

attariya hospital

नेपाल नेत्र ज्योती संघ सुदूरपश्चिमका अध्यक्ष चक्र बहादुर सिंहको सभापतित्वमा अधिवेशन आयोजना गरिएको थियो । अधिवेशनमा गेटा आँखा अस्पताल अन्र्तगत प्रदेशभर रहेका अस्पतालले हालसम्म दिएका सेवा सुविधा तथा कार्यका बारेमा जानकारी दिईएको थियो ।

२०३८ सालमा संचालित गेटा आँखा अस्पतालबाट गत वर्ष मात्र २ लाख ७० हजार ४ सय ९६ ले सेवा लिएको बताईएको छ । हालसम्म उक्त अस्पतालबाट २० लाख १५ हजार १३२ जनाले सेवा लिएको अस्पतालका निर्देशक डा. सुरेश राज पन्तले जानकारी दिए । उनले हालसम्म विभिन्न स्थानमा गरिएका स्वास्थ्य शिविरबाट ४५ लाख ९९ हजार ८२० जनाले ओपिडी सेवा लिएको बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.