धनगढी – एक वर्षको अवधिमा सुदूरपश्चिमका २ हजार ४९ जनालाई डेंगु संक्रमण भएको छ । सन २०२३ को हालसम्म प्रदेशमा उक्त संख्यामा डेंगु संक्रमित फेला परेका हुन ।
प्रदेशका अन्य जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी डेंगुका बिरामीहरु फेला परेका छन । कार्यालयको तथ्यांक अनुसार कैलालीमा ९९४ जनामा डेंगु भेटिएको थियो । त्यसपश्चात कञ्चनपुरमा ३०७ र दार्चुलामा २६७ जनामा डेंगु संक्रमण देखिएको छ । यस्तै अछाममा १७२, हिमाली जिल्ला बाजुरामा ९३, बझाङमा ७२, बैतडीमा ५४, डडेल्धुरामा ५० र डोटीमा ४० जनामा डेंगु भेटिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गर्मी समयमा बढी देखिने गर्छ । डेंगु संक्रमणका कारण प्रदेशमा तीन जनाले ज्यान गुमाएको निर्देशनालयले जानकारी दिएको छ । एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसलाई डेंगु लाग्ने गर्दछ । यो रोग लागेमा एक्कासी उच्च ज्वरो आउने, मांसपेशी, टाउको दुख्ने, बान्ता हुने, थकान लाग्नेजस्ता लक्षणहरु देखा पर्ने गर्दछन् ।