संघ मातहत रहेको बैतडीको झुलाघाट हेल्थ डेस्कका स्वास्थ्यकर्मीले पाएनन् तलब

बैतडी – बैतडीको झुलाघाटस्थित हेल्थ डेस्कका कर्मचारीहरुले चालु आर्थिक वर्षको हालसम्मको सम्पुर्ण तलब पाउन सकेका छैनन् । संघीय सरकार मातहत रहेको उक्त हेल्थ डेस्कका कर्मचारीहरुले चालु आर्थिक वर्षको साउन र भदौमा आधा तलब पाएपनि बाँकी तलब भने पाउन नसकेका हुन ।

maya metro hospital

संघीय सरकारले स्वास्थ्य निर्देशनालयमार्फत उनीहरुको तलब निकासा गर्ने भएपनि श्रोतको अभावमा तलब निकासा नभएको जनाइएको छ । झुलाघाट नाकामा तीन स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी गरेर चार जना कर्मचारी कार्यरत रहेका छन् । सीमा नाकामा कोरोना कालमा नै हेल्थ डेस्क स्थापना गरिएको थियो । अघिल्लो आर्थिक बर्षमा प्रदेश सरकार मातहत रहेको सो डेस्कका कर्मचारीहरुलाई स्वास्थ्य कार्यालयमार्फत तलब निकासा भएको थियो ।

अहिले हेल्थ डेस्क संघीय सरकार मातहत रहेको र उनीहरुको तलब स्वास्थ्य निर्देशनालयमार्फत भुक्तानी हुने भएपनि चालु आर्थिक बर्षमा तलब निकासा नभएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । सीमा नाकामा सञ्चालित हेल्थ डेस्कमार्फत नियमित रुपमा कोरोना परीक्षण हुँदै आएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.