खाेज्नुहाेस

कञ्चनपुरका सुगर मिलमा चोरीपैठारी गरि भारतबाट उखु भित्र्याइदै

Image

सन्तोष पन्त/ कञ्चनपुर – कञ्चनपुरको दक्षिणी क्षेत्रमा संचालित दुई सुगर मिलमा भारतबाट उखु चोरीपैठारी गरि नेपाल भित्र्याइदै छ । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका –१० शिवनगरमा संचालित महाकाली सुगर र पुर्नवास नगरपालिका – २ मा संचालित भागेश्वर सुगर मिलमा भारतबाट लुकिछिपी उखु आइरहेको हो ।

दक्षिणी क्षेत्र बेलडाडी बेलौरी र पुर्नवासका सिमावर्ती क्षेत्रबाट बिचौलियाले व्यापारी हरुले भारतबाट उखु मिलमा ल्याइ तौल गराइरहेको पाइएको किसान हक हित समितिका अध्यक्ष हरिचन्द ठकुरीले बताए ।

attariya hospital
navjiwan hospital

‘बिचौलियाहरुलाई उखु भारतबाट उखु सप्लाइ गराउन बिचौलियालाइ उखु मिलले पर्ची दिदै छ’ अध्यक्ष चन्दले भने ‘मिलले बिचौलियालाइ पर्ची दिएर नेपाली किसानले पाउने सरकारी अनुदान रकम भारतीयलाई उपलब्ध गराउदै छ ।’

अध्यक्ष चन्दका अनुसार पुर्नवासको खड्डा कङ्कड ,बेलौरी नगरपालिका १,२,६ र १० नम्बर वडा र बेलडाँडि गाउँपालिका–५ भएर भारतबाट उखु भित्रिरहेको छ ।

दक्षिणी क्षेत्रमा १ सशस्त्र गुल्म सहित १० सशस्त्रका बिओपी पोस्ट हुदा समेत ट्राली लिएर उखु तस्करी भएकोमा स्थानीय किसानहरु मिलोमतो मा भएको आशंका गरिरहेका छ्न ।

भारतबाट बिचौलियाहरुले भारतीय नम्बरका ट्याक्टरमा नेपाली नम्बर प्लेट टासी उखु ल्याइरहेका स्थानीय किसानको आरोप छ ।