धनगढीको जग्गा विवादमा सर्वोच्चद्धारा कारण देखाउ आदेश

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका विरुद्ध जग्गा व्यवसायीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा बुधबार भएको सुनुवाइमा धनगढी उपमहानगरले कार्यविधि जारी गर्नुको कारण माग गरेको हो ।

maya metro hospital

अदालतले दायर मुद्दामा अन्तरिम आदेश भने दिएको छैन । उपमहानगरमा जग्गा प्लटिङ सम्बन्धी कार्यविधि लागू गरिएपछि कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल समेत विरुद्ध जग्गा ब्यबसायी उपेन्द्र प्रसाद अवस्थीले यहि पुस ८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उपमहानगरपालिकाको कार्यालयले ‘धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि २०८०’ राजपत्रमा प्रकाशित गरेर १० मिटरको सडक हुनुपर्ने मापदण्ड लागू भएपछि जग्गा व्यवसायीले विरोध गर्दै आएका छन् ।

attariya hospital

केही दिन यता वडा अध्यक्षहरुले पनि मेयरले एकलौटी गरेको भन्दै कार्यबिधिको बिरोध गर्दै आएका छन । कार्यबिधिमा अब नयाँ जग्गा प्लटिङ गर्दा बाटो अनिबार्य १० मिटर हुनुपर्ने उल्लेख गरिएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.