मालाखेती अस्पतालबाट ५ महिनामा साढे १४ हजार बढी बिरामीले सेवा लिए

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालबाट ५ महिनाको अवधिमा साढे १४ हजार बढी बिरामीले सेवा लिएका छन । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा अस्पतालको ओपिडीबाट १४ हजार ७०७ बिरामीले सेवा लिएका हुन ।

maya metro hospital

ओपीडीमा स्वास्थ्य सेवा लिनेमा ४ हजार १४१ बिरामी स्वास्थ्य बिमा प्राप्तकर्ता रहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक सत्यराज फुलाराले बताए । उनले सो अवधिमा ४६३ जना गर्भवतीले चेकजाँच गराएको बताए ।

अस्पतालमा ५ महिनाको अवधिमा १०७ महिलाले प्रसुती सेवा लिएका छन । मालाखेती अस्पतालमा हाल ३ जना एमबीबीएस डाक्टरको टिमले सेवा दिदै आएको छ ।

attariya hospital

अस्पतालमा अपरेशन, इन्डोर सेवाका लागि पूर्वाधार तयार भएपनि विशेषज्ञ डाक्टर नहुँदा सो सेवा भने बन्द अवस्थामा रहेका छन । हाल अस्पतालले बिरामीलाई ओपीडी सेवा मात्रै दिइरहेको छ ।

यसअघि अस्पतालमा एमडीजीपी डाक्टर अन्वेष कोइरालाले सेवा दिदै आएका भएपनि उनको सम्झौता सकिएपछि हाल अस्पतालमा एमबीबीएस डाक्टर मात्रै कार्यरत रहेका छन ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.