खाेज्नुहाेस

अत्तरियामा महिलाहरुलाई चिया नास्ता बनाउने तालिम

Image

अत्तरिया- कैलालीको अत्तरियामा महिलाहरुलाई चिया नास्ता बनाउने तालिम दिन लागिएको छ । गोदावरी नगरपालिकाभित्रका २० जना महिलालाई तालिम दिन लागिएको हो ।

नेपाल युथ फाउण्डेशन नेपालको आर्थिक सहयोगमा गोदावरी–२ अत्तरियामा रहेको जीवनज्योती महिला विकास बहुउद्देश्यीय सहकारीले तालिम सञ्चालन गरिरहेको हो । १० दिने छोटो अवधिको व्यवसायिक (चिया तथा नास्ता) तालिम शीर्षकको सो तालिमबाट महिलाहरु आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास लिइएको छ । कुनै व्यवसाय नै नगरी बसेका एवं सानोतिनो व्यवसाय गरिरहेका तर व्यवस्थित व्यवसाय गर्न नसकेकाहरुलाई छनोट गरी तालिम दिन लागिएको सहकारीकी व्यवस्थापक क्षेत्रा साउँदले बताइन् ।

attariya hospital
navjiwan hospital

नेपाल युथका तालिम व्यवस्थापक जगतराम थारुले तलिमसँगै उनीहरुलाई व्यवसायका लागि २५ हजार रुपैयाँ बराबरको चुलो, पकाउने, खाने भाँडा लगायतका सामग्री पनि दिइने बताए । ‘तालिम मात्रै दिएर भएन, कसरी व्यवसाय सुरु गर्ने भन्ने हुन सक्छ, आर्थिक अभाव हुन सक्ला, त्यसका लागि हामीले नगद नदिई एक जनालाई २५ हजार रुपैयाँको सिलिण्डर बाहेक ग्याँसचुलो, मम, चाट आदि पकाउने, खाने भाँडा दिन्छौँ’, उनले भने ।

तालिम व्यवस्थापक थारुले तालिमपछि उनीहरुले गरिरहेको व्यवसायको दुई वर्षसम्म निगरानी पनि गरिने बताए । ‘हामी तालिम दिएर यत्तिकै छोड्दैनौँ, व्यवसायका लागि सामानहरु पनि दिइसकेपछि दुई वर्षसम्म त्यसको निगरानी पनि गर्छौँ’, उनले भने, ‘व्यवसाय के-कस्तो भइरहेको छ, हाम्रो तालिम कत्तिको सफल भयो त्यो पनि हेर्छौँ, तपाईँहरुलाई व्यवसायमा जोडी आत्मनिर्भर बनाउने उद्देश्य हो हाम्रो ।’

तालिम दिएर त्यत्तिकै नछोडी तालिमपछि व्यवसाय गरी के कस्तो आम्दानी लिन सकिरहेका छन् वा तालिम कत्तिको प्रभावकारी भयो भन्ने कुराको निगरानी गरिने उनको भनाइ छ । आज ११ गतेबाट सुरु गरिएको तालिम २० गतेसम्म सञ्चालन हुनेछ ।

No description available.