डडेल्धुरा – डडेल्धुराको आलिताल सरसफाइ गरिएको छ । रणबम गण दह ब्यारेक डडेल्धुरा र आलिताल गाउँपालिकाको संयुक्त आयोजनामा तिन दिन तालमा सरसफाइ गरिएको हो । सोमबार सम्पन्न ताल सफाइ अभियानमा सेना, प्रहरी, विद्यार्थी, वनका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, संससंस्थाका प्रतिनिधि, स्थानीय लगायतको सहभागिता रहेको थियो ।
अभियानका क्रममा ताल वरपर रहेका झाँडी तथा ताल वरपर रहेको अवरुद्ध फुटपाथ पनि सफा गरिएको छ । आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले आलितालको संरक्षणका निमित्त सबै राजनीतिक दल तथा सरोकारवाला निकायसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।
आलिताल गाउँपालिकाकी उपाध्यक्ष मैनाकुमारी रावल बोहराले आलितालको संरक्षण र प्रचारप्रसारका लागि सबैसँग हातेमालो गर्दै अघि बढ्न आवश्यक रहेको बताइन । एक हजार १७५ मिटर लम्बाइ तथा करिब ४ सय मिटर चौडाइ रहेको यस ताललाई चुरेका डाँडाले घेरेको छ । यस तालको परिपरी सुन्दर हरियाली वनले ढाकेको छ ।
तालमा अहिले फुटपाथ, आरामघर, पिकनिक स्पोट, भ्यू टावर जस्ता संरचना बनेका छन् ।