खाेज्नुहाेस

सक्छौ भने तिमी

Image

सक्छौ भने तिमी डोली लिई आउनु
आज होइन माया भोलि लिई आउनु ।।

तिम्रै आमाले सिएको चोली लिई आउनु
तिम्रो परिवारको मिठो बोली लिई आउनु
सक्छौ भने तिमी डोली लिई आउनु
आज होइन माया भोलि लिई आउनु ।।

attariya hospital
navjiwan hospital

मेरा लागि खुसीको होली लिई आउनु
मायाले सिँगारिएको त्यो चोली लिई आउनु
सक्छौ भने तिमी डोली लिई आउनु
आज होइन माया भोलि लिई आउनु ।।

अनुपम मायाको खोली लिई आउनु
कहिल्यै नभरिने झोली लिई आउनु
सक्छौ भने तिमी डोली लिई आउनु
आज होइन माया भोलि लिई आउनु ।।

मलाई भनी मायाको रोली लिई आउनु
हामीसँगै रमाउने टोली लिई आउनु
सक्छौ भने तिमी डोली लिई आउनु
आज होइन माया भोलि लिई आउनु ।।

मैले गाउँदा साथ दिन लोली लिई आउनु
सँगै बाँच्न मर्न पाइने गोली लिई आउनु
सक्छौ भने तिमी डोली लिई आउनु
आज होइन माया भोलि लिई आउनु ।।