अत्तरिया- धनगढीमा विशेषज्ञ सेवासहित सरल फार्मेसी एण्ड क्लिनिक सञ्चालनमा आएको छ । सेती प्रादेशिक अस्पतालको दक्षिणपट्टि विशेषज्ञ सेवासहित लक्ष्मीराज ओझाले क्लिनिक सञ्चालनमा ल्याएका हुन् ।
शरीरका विभिन्न अंगको पत्थरी तथा मुत्रथैली समस्याको सम्पूर्ण उपचार एकै छानामुनि प्रदान गर्ने हेतुले क्लिनिक सञ्चालनमा ल्याएको सञ्चालक ओझाले बताए । क्लिनिकबाट युरोलोजी समस्याका साथै फिजिसियन, अर्थोपेडिक्स, स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा पनि प्रत्येक दिन उपलब्ध गराइने बताइएको छ ।
त्यस्तै, किड्नी स्टोन, प्रोस्टेट सम्बन्धी समस्या, पिसावथैलीको क्यान्सर, पुरुष बाझोपन जस्ता समस्याहरुको उपचार गरिनुका साथै ल्याब र चौबिसै घण्टा भिडिओ एक्सरे सेवा प्रदान गरिने बताइएको छ । क्लिनिकबाट प्रत्येक दिन बिहान ८ देखि १० बजेसम्म र बेलुका ३ देखि ७ बजेसम्म कन्सल्टेन्ट यूरोलोजिस्ट डा. सुरेन्द्र वस्नेतद्वारा सेवा दिइने सञ्चालक ओझाले बताए ।
साथै क्रिसमस र उभौली पर्वको अवसरमा यही पुष २० गतेसम्म ओपीडी शुल्क नलाग्ने पनि उनले बताए । युवा व्यवसायी ओझाले भिजन फार्मा, आनन्द मेडिसिन सप्लायर्स जस्ता सरकारी औषधी आपूर्तिकर्ता फर्महरुको नेतृत्व गरिरहेका छन् ।