डडेल्धुरा – डडेल्धुरामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।
जिल्लाको गन्यापधुरा गाउँपालिका–३ सकायलमा करेन्ट लागेर घाइते भएका ५० वर्षीय मकरबहादुर शाहीको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
रुखमा चढेर घाँस काट्ने क्रममा विद्युतको लाइनमा छुन गई करेन्ट लागेर रुखबाट खसेका शाहीको पुरै शरिर जलेको थियो । अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।