कन्चनपुर – कन्चनपुरमा ट्याक्टरले बालक कुल्चेपछि अबरुद्ध राजमार्ग सुचारु भएको छ।
बेदकोट नागरपालिका –६ दैजी लालपुर भित्री सडकखण्डमा ट्याक्टरले कुल्चिदा ६ वर्षीय बालक लब चन्दको मृत्यु भएपछि स्थानीयले राजमार्ग अबरुद्ध गरेका थिए ।
बालकको मृत्यु पछि स्थानीयले शव सडकमै राखेर राजमार्ग अबरुद्ध पारेका थिए ।
अहिले बालकको शव महाकाली प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।
मृतक बालकका परिवारलाई राहत क्षतिपूर्तिबारे भोलि आवश्यक कार्वाही अगाडि बढाउने सहमति पछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।
प्रहरीले से १त ८९३० नम्बरको ट्याक्टरले र चालक बेदकोट नगरपालिका -१० बस्ने राम बहदुर खुनालाई नियन्त्रणमा लिएको जनाएको छ ।