गौरीगंगामा संचालित कान शिविरमा १७५ जनाले सेवा लिए

अत्तरिया – कैलालीको गौरीगंगामा संचालित कान शिविरमा १७५ जनाले सेवा लिएका छन । गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमालामा सम्पन्न शिविरमा १७५ जनाले निःशुल्क कान चेकजाँच गराएका हुन ।

maya metro hospital

गौरीगंगा नगरपालिका वडा नम्बर २ को समन्वय र इमप्याक्ट नेपालको प्राबिधिक सहयोगमा सम्पन्न शिविरको सामुदायिक मेलमिलाप केन्द्रका संयोजक हेमन्त राज जोशी (बाजे) ले सहजिकरण गरेका थिए ।

शिविरमा ५ जनाको कानको शल्यक्रिया गराउनु पर्ने देखिएकाले उनीहरुको सहुलियत दरमा शल्यक्रिया गर्ने ब्यवस्था मिलाउने इमप्याक्ट नेपालले जनाएको छ ।

 

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.