खाेज्नुहाेस

अत्तरियामा विषादी भेटिएको तरकारी नष्ट गरियो

Image

अत्तरिया – कैलालीको अत्तरियामा पुस ३ गते विषादी भेटिएको तरकारी नष्ट गरिएको छ । अत्तरियाको तरकारी हाट बजारमा रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाईले उपभोग अयोग्य (रेड लेवल) को विषादी भेटिएको बन्दा आज जनप्रतिनिधिको रहोवरमा नष्ट नगरिएको हो ।

विषादी भेटिए लगतै नष्ट गर्नुपर्ने भएपनि बजार व्यवस्थापन र जनप्रतिनिधिले बेवास्ता गर्दा ढिला गरी नष्ट गरिएको हो । विषादी अवशेष द्रुत विश्लेषण इकाईका प्रमुख प्रमोद ठगुन्नाले कैलालीको गेटाका किसानले उत्पादन गरेको बन्दामा ४९.०९२ अर्गानोफस्फोट रोकावट प्रतिशत फेला परेपछि नष्ट गरिएको बताए । उक्त बन्दामा १२. ३५३ कार्बोमेट रोकावट प्रतिशत दर भेटिएको थियो । उक्त बन्दा साढे ३ क्युन्टेल रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाईले जनाएको छ ।

attariya hospital
navjiwan hospital

इकाई प्रमुख ठगुन्नाका अनुसार ३५ प्रतिशत भन्दा कम अर्गानोफस्फोटको रोकावट दर भेटिएमा खान योग्य हुन्छ भने ३५ देखि ४४ प्रतिशत रोकावट दर भेटिए केही दिन पर्खिएर खान मिल्ने हुन सक्छ भने ४५ भन्दा मार्थी रोकावट दर भेटिए नष्ट गर्ने गरिएको छ ।

तरकारीमा विवादी भेटिएपछि बजार व्यवस्थापन समितिले नष्ट गर्नुपर्ने निर्देशिकामा उल्लेख भएपनि समितिको व्यवस्ताका कारण नष्ट गर्न समस्या हुँदै आएको छ । विषादी अवशेष दु्रत विश्लेषण इकाईले दैनिक ५ वटा तरकारी र फलफलको नमूनामा विषादी परिक्षण गर्दै आएको एकाइका प्राविधिक राजेन्द्र प्रसाद भट्टले बताएका छन ।

सम्बन्धित समाचार : जनप्रतिनिधिले बेवास्ता गर्दा अत्तरियामा २ दिन अघि विषादी भेटिएको तरकारी नष्ट भएन