खाेज्नुहाेस

जनप्रतिनिधिले बेवास्ता गर्दा अत्तरियामा २ दिन अघि विषादी भेटिएको तरकारी नष्ट भएन

Image


अत्तरिया – कैलालीको अत्तरियामा २ दिन अघि विषादी भेटिएको तरकारी अझै नष्ट हुन सकेको छैन । अत्तरियाको तरकारी हाट बजारमा रहेको विषादी अवशेष दु्रत विश्लेषण इकाईले सोमबार रेड लेवलको विषादी भेटिएको पुष्टि गरेर नष्ट गर्न सिफारिस गरेको तरकारी जनप्रतिनिधिले बेवास्ता गर्दा नष्ट हुन नसकेको हो । 

रेड लेबल विषादी भेटिएको तरकारी बजार व्यवस्थापन समितिले तत्काल नष्ट गर्नुपर्ने मापदण्ड भएपनि मंगलबार सम्म पनि उक्त बन्दा नष्ट गरिएको छैन । 

attariya hospital

विषादी अवशेष दु्रत विश्लेषण इकाई सञ्चालनका लागि गोदावरी नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा बजार व्यवस्थापन समिति गठन गरिएको छ । जुन समितिको रहोबरमा विषादी भेटिएको तरकारी नष्ट गर्नुपर्ने प्रावधान भएपनि समितिले बेवास्ता गर्दा तरकारी नष्ट नहुन सकेको हो । 

navjiwan hospital

हानिकारक विषादी भेटिएको तरकारी नष्ट गर्नको लागि सहभागि भइदिन पटक पटक आग्रह गरिएपनि समितिले वास्ता नगरेको कर्मचारीको गुनासो छ । सोमबार गेटाबाट ल्याइएको करिब ३ क्विन्टल बन्दामा रेड लेबल विषादी फेला परेको थियो । 

सम्बन्धित समाचार

अत्तरियामा फेरी भेटियो रेड लेबल विषादीयुक्त तरकारी

सुदूरपश्चिमका बजारमा रेड लेवल विषादीयुक्त तरकारी, नियमन निकाय मौन