डडेल्धुरा – डडेल्धुरामा एक युवकको शव भेटिएको छ । बुधबार बिहान जिल्लाको अमरगढी नगरपालिका–९ का २६ वर्षीय श्याम भट्ट मृत अवस्थामा भेटिएका हुन ।
उनी मंगलबार साँझ बजार जान्छु भन्दै घरबाट हिंडेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा उनी भीरबाट लडेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपकुमार कार्कीले बताएका छन ।

घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । मृतक भट्ट सरकारी वकिल कार्यालय दिपायलमा कार्यरत रहेका थिए ।



















