बैतडी- बैतडीका ८ ओटा स्वास्थ्य संस्था पोषणमैत्री घोषणा भएका छन् । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका ५ पालिकाका ८ ओटा स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गरिएको हो ।
दशरथचन्द नगरपालिका-७ को सुरकाल आधारभूत स्वास्थ्य केन्द्र, दशरथचन्द स्वास्थ्यचौकी र त्रिपुरासुन्दरी स्वास्थ्यचौकी गरी पालिकाका तीन स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गरिएको छ ।

यस्तै, शिवनाथ गाउँपालिकाको उदयदेव स्वास्थ्यचौकी र श्रीपुर सामुदायिक आधारभूत स्वास्थ्य केन्द्र, सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकी, पाटन नगरपालिकाको सकार स्वास्थ्यचौकी र पुर्चौंडी नगरपालिकाको हाट स्वास्थ्यचौकीलाई पोषणमैत्री घोषणा गरिएको छ ।
विभिन्न सूचकहरु पूरा गरेपछि स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री घोषणा गर्ने गरिएको छ । यी स्वास्थ्य संस्थाहरुलाई गत आर्थिक वर्षमा पोषणमैत्री घोषणा गरिएको बताइएको छ ।














