कञ्चनपुर- कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सक थप गरिएको छ । अस्पतालका प्रमुख अर्जुन भट्टका अनुसार बालरोग विशेषज्ञ, जनरल सर्जन, एनेस्थेसिस्ट, एडिजिपी र दुईजना रेडियोग्राफर थपिएका हुन् ।
अस्पतालमा करारमा चारजना विशेषज्ञ चिकित्सकसहित छ जना थपिएपछि सेवाग्राही लाभान्वित भएका छन् । अस्पतालमा रेडियोलोजिष्ट एक, एमडीजीपी दुई, स्त्री तथा प्रसूति रोग विशेषज्ञ एक,अर्थोपेडिक सर्जन दुई र नाक कान घाँटी विशेषज्ञ एक गरी सात जना चिकित्सक कार्यरत छन् ।















