डडेल्धुरा- डडेल्धुरामा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन् । प्रहरीका अनुसार अमरगढी नगरपालिका–५ बागबजारबाट अमरगढी-१ का १८ वर्षीय किशोर पक्राउ परेका हुन् ।
उनलाई २०० मिलिग्राम लागुऔषध (खैरो हेरोइन)सहित शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।




















