खाेज्नुहाेस

डा. गोविन्द केसी कैलालीको गेटामा अनसन बस्ने

Image

अत्तरिया – चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी गेटामा रहेको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान आमरण अनसन बस्ने भएका छन् ।
सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार बेलुकी ५ बजेदेखि तीनदिन अनसनमा बस्ने घोषणा गरेका थिए । उनले अनसनस्थल भने खुलाएका थिएनन् ।

उनले २ बुदे माग राख्दै ३ दिन आमरण अनसन बन्ने विज्ञप्ती मार्फत जनाएका छन । उनको २ वुदे मागमा गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने रहेको छ ।

attariya hospital

गेटामा प्रतिष्ठान सञ्चानको माग गर्दै केसी अनसनमा बस्ने तयारी गर्दै गर्दा गेटामा विश्वविद्यालय बनाउन संघर्ष गर्दै आएकाहरुले भने विरोध जनाएका छन ।

यसअघि डा. केसीले २०७९ भदौं २७ गतेदेखि धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा ७ बुँदे माग राख्दै अनसन बसिसकेका छन । जसमा डा. केसीले गेटामा मेडिकल कलेज तत्काल संचालन गर्नुपर्ने माग राखेका थिए ।