खाेज्नुहाेस

कञ्चनपुरको शुक्लाफाँटाका ४२ जनामा ‘सिकलसेल’

Image

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटामा सिकलसेल एनिमिया, थालसेमिया पहिचान र निदान सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शुक्लाफाँटा नगरपालिकाको समन्वयमा स्वास्थ्य कार्यालय कञ्चनपुरले वडा नम्बर १ स्थित शहरी स्वास्थ्य केन्द्र बनसाहमा शिविरको आयोजना गरेको हो ।

शिविरमा वडा नम्बर १, २ र १२ का ५४८ जनाले रगत परीक्षण गराएका छन् । जसमध्ये ४२ जनामा सिकलसेलको संक्रमण देखिएको छ । १९ जना महिला र २३ जना पुरुषमा सिकलसेलको संवाहक देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरीक्षक सिद्धराज भट्टले बताए ।

attariya hospital

रानाथारू र डगौरा थारू समुदायका १० देखि २५ वर्ष उमेर समूहका ५४८ जनाको रगत परीक्षण गरिएको उनले बताए । यसको कुनै उपचार नभएको हुँदा संक्रमितले नियमित चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने उनले बताए ।