खाेज्नुहाेस

बैतडीको आम्चौरामा १० शैय्याको अस्पताल शिलान्यास

Image

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ आम्चौरा १० शैय्याको अस्पताल भवनकाे शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रम बीच गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले अस्पतालको शिलान्यास गरेका हुन ।

१० शैय्या अस्पताल निर्माणको लागि मल्टिटेक न्यू श्री केदार जेभीसंग १३ करोड ८२ लाख ५५ हजार ८ सय ५६ मा ठेक्का सम्झौता गरिएको छ ।

attariya hospital

जसमा संघ सरकारले ६० प्रतिशत लगानी गर्ने छ भने ४० प्रतिशत स्थानीय सरकारले लगानी गर्ने पञ्चेश्वर गाउँपालिका – ४ का अध्यक्ष तथा प्रवक्ता जनकबहादुर चन्दले बताएका छन ।

यसअघि गाउँपालिकाको केन्द्र कुन ठाउँमा राख्ने भन्ने विवाद भएकाले अस्पताल शिलान्यासमा ढिलाई भएको थियो । स्थान विवादले डिपिआर नै परिर्वतन गरेर ठेक्का सम्झैता भइसकेको प्राविधिक शाखा प्रमुख घनश्याम मौनीले बताए ।

आम्चौरामा अस्पताल बन्ने भएपपिछ स्थानीय हर्षित छन् । अस्पताल नहुदाँ यहाँका नागरिक मेलालै, पाटन, बैतडी सदरमुकाम, डडेल्धुरा, धनगढी तथा महाकालीमा जोखीम मोलेर भारत समेत जाने गरेका छन् ।