अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १४ जना स्वास्थ्यकर्मीको माग गरेको छ । नगरपालिकाले करार सेवा अन्तरगत ८ जना हेल्थ असिस्टेन्ट र ६ जना अहेव माग गरेको हो ।
नगरपालिका मार्फत पदपूर्ति गरिने कर्मचारीको छनोट भने संघीय लोकसेवा आयोगको पाठ्यक्रम अनुसार हुने जनाइएको छ ।

आवेदन दिनका लागि पुस २ गते सम्मको म्याद तोकिएको छ ।

















