खाेज्नुहाेस

चलचित्र ‘परदेशी २’ले मनायो ५१औं दिन

Image

लोक तथा दोहोरी गायक प्रकाश सपुतको डेब्यू फिल्म परदेशी २ ले ५१औं दिन पूरा गरेको छ । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ ले शनिबार राजधानीसहितका केही हलहरुमा प्रदर्शनको ५१औं दिन पूरा गरेको हो ।

चलचित्रले ५१ दिन पूरा गरेको अवसरमा निर्माण पक्षले केक काटेका थिए । शनिबार बेलुका आयोजित सेलिब्रेसन कार्यक्रममा अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, निर्माता राजेश वंशलसहितको उपस्थिति रहेको थियो ।

attariya hospital
navjiwan hospital

गत असोज २६ गतेबाट देशैभरमा प्रदर्शनमा आएको फिल्ममा प्रकाश,केकीसहित वर्षा शिवाकोटी,प्रशान्त तामाङ,दिलीप रायमाझी,नीर शाह,रमा थपलिया,सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय छ।

रमेश बिजीको कथा रहेको फिल्मले युवापुस्तामा रहेको विदेश मोह, त्यसले परिवार र समाजमा पारेको प्रभावलाई भन्छ। परदेशी २ ले नेपालमा ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ।

नारायण रायमाझी र राजेश वंशलको यो तेस्रो सहकार्य हो। यसअघिका दुबैको सहकार्यमा बनेका फिल्म ‘गोर्खा पल्टन’ र ‘परदेशी’ ले पनि ५१ दिनको यात्रा पार गरेका थिए।