बैतडी –बैतडीको रोडीदेवल स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरु मोबाइल रिचार्ज सुविधा दिन सुरु गरिएको छ ।
रोडीदेवल स्वास्थ्यचौकीले सेवा क्षेत्रभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रत्येक महिना एक सय रुपैयाँका दरले रिचार्ज दिन सुरु गरेको हो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सञ्चारमा सहज होस् भनेर रिचार्ज गरिएको रोडीदेवल स्वास्थ्यचौकीका इञ्चार्ज भानबहादुर चन्दले बताए ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यचौकीमा महत्वपूर्ण सूचना आदानप्रदान गर्नुका साथै समुदायस्तरमा स्वास्थ्य सेवा प्रदान गरिरहेकाले उनीहरुको मोबाइलमा रिचार्ज गरिएको चन्दले जानकारी दिए ।