गोदावरीमा छैनन् अपाङ्गमैत्री संरचना

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा अपाङ्गमैत्री संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिले समस्या भोग्दै आएका छन् । नगरको प्रशासकीय भवनदेखि अन्य सरकारी तथा गैर सरकारी सार्वजनिक भवनहरू अपाङ्ग मैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिले समस्या भोग्दै आएका हुन ।

maya metro hospital

व्हीलचेयर एसोसिएसन कैलालीका अध्यक्ष लक्ष्मण विकले नगरपालिकाको मुख्य प्रशासकीय भवन नै अपाङ्ग मैत्री नहुँदा समस्या भएको बताए । उनले नगरबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकहरू पनि अपाङ्ग मैत्री नभएको बताए । उनले बैंकहरू दोस्रो तलामा हुँदा सामाजिक सुरक्षा भत्ता लिन अरुको सहारा लिनुपर्ने अवस्था भएको बताए । आगामा सामाजिक सुरक्षाको भत्ता आउँदा यस्ता समस्या समाधान गरिनुपर्ने उनको माग छ । उनले अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय पनि अपाङ्गमैत्री नहुँदा समस्या हुने गरेको बताए ।

सुप समावेशी आविकी शिक्षिका कुष्मा जोशीले नगरपालिकाको हल, प्रमुख प्रशासकीय अधिकृत, नगरप्रमुख, उपप्रमुखको कार्यकक्ष दोस्रो तलमा हुँदा अपाङ्गता भएका व्यक्तिहरूलाई समस्या हुने गरेको बताइन् । ‘करोडौँको नगरपालिकाको भवन बनाउन किन अपाङ्गता भएका व्यक्तिहरूलाई वेवास्ता गरियो’ उनले प्रश्न गरिन् ‘यो गम्भिर विषय भएकाले यसमा नगरपालिकाको ध्यान पुग्न आवश्यक छ ।’ उनले नगरपालिकाले दिने अन्य रोजगारका अवसर र कार्यक्रमहरूमा पनि अपाङ्गता भएका व्यक्तिहरूलाई व्यवस्था गरिदै आएको बताइन् ।

attariya hospital

अपाङ्ग उत्थान समाजका अध्यक्ष नरदीप धामीले भाडाको घर हुँदा पनि नगरप्रमुख अपाङ्ग मैत्री भवन भएन भनेर भुइँतलामा बसेकोमा हाल आफ्नै भवन हुँदा दोस्रो तलामा बस्दा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचबाट टाढा भएको बताए ।

‘व्हीलचेयर प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई नगरपालिकाको दोस्रो तलामा जान सम्भव नै छैन’ उनले भने ‘यस्ता व्यक्तिले अरु व्यक्तिको सहारामा हाकिम, नगरप्रमुख समक्ष कुरा पु¥याउनु पर्ने अवस्था छ ।’

उनले नगरपालिकामा बन्ने अन्य संरचनामा पनि यस्ता समस्या भएकाले सुधार गर्न आवश्यक रहेको बताए । उनले बजार क्षेत्रमा भएका सार्वजनिक शौचालय पनि अपाङ्गमैत्री नहुँदा निकै समस्या भोग्नुपर्ने अवस्था रहेको बताए ।

गोदावरी नगरपालिकाको पञ्जिकरण, सामाजिक सुरक्षा र सामाजिक विकास शाखाका प्रमुख ज्ञानेन्द्र कुमार भट्टले नगरपालिकाबाट वितरण हुँदा सामाजिक सुरक्षा भत्ता वितरण गरिने बैंकहरू दोस्रो तालामा हुँदा समस्या भएको स्वीकार गर्दै आफूहरूले भुइँतलामा हेल्प डेस्क राख्नको लागि पहल गरिरहेको बताए । उनले भुइँतलामा हेल्प डेस्क राख्नको लागि बैंकहरूलाई पत्राचार गरिने बताए ।

उनले गोदावरीका वडा नम्बर ३, ११ र १२ मा बैंकमार्फत वडामै सामाजिक सुरक्षा भत्ता वितरण गरिदै आएकाले अन्य वडामा पनि वडामै वितरण गर्ने प्रक्रिया अगाडि बढेको बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले नगरमा केही संरचना अझै अपाङ्गमैत्री नभएकाले त्यसमा सुधार गरिने बताए । उनले नगरपालिकाको दोस्रो तलामा जानको लागि लिफ्ट जडान गरे समस्या हट्ने बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.