५० हजार मेट्रिकटन धान किन्दै खाद्य कम्पनी

काठमाण्डौ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष किसानबाट ५० हजार मेट्रिकटन धान खरिद गर्ने भएको छ । कम्पनीले ५० हजार दुई सय मेट्रिकटन धान खरिदका लागि एक अर्ब ७४ करोड १३ लाख बजेट छुट्याएको छ । गत असारमा नै मन्त्रिपरिषद्ले चालू आवका लागि मध्यम धानको प्रतिक्विन्टल ३३ सय ६२ र मोटा धानको ३१ सय ९८ रुपैयाँ तोकेको छ । अघिल्लो वर्षभन्दा मध्यम धानमा दुई सय ३४ रुपैयाँ र मोटा धानमा दुई सय ९६ रुपैयाँले बढाएर धानको समर्थन मूल्य बढाएको हो ।

Karma Consultancy

सरकारले समयमै धानको समर्थन मूल्य तोेकेको हुँदा यसपटक किसानबाट तोकिएकै मूल्यमा धान खरिद भइरहेको कम्पनीको भनाइ छ । सरकारले गत वर्ष १३ हजार चार सय ९४ मेट्रिकटन मात्र धान खरिद गरेको थियो । जसका लागि कम्पनीले ४१ करोड २० लाख रुपैयाँ खर्च गरेको थियो । गत वर्ष ३३ हजार मेट्रिकटन धान खरिद गर्ने लक्ष्य राखिएको भए पनि सरकारले समयमै समर्थन मूल्य तोक्न नसक्दा खाद्य कम्पनीले किन्नुअगावै धान व्यापारीले किसानबाट खरिद गरेर महँगो मूल्यमा बिक्री गरेका थिए । त्यसको चर्को विरोध भएपछि कम्पनीले धान खरिद रोकेको थियो भने धानको मूल्य नपाएको भन्दै किसान आन्दोलित नै हुनुपरेको थियो । यस वर्ष समयमै सरकारले समर्थन मूल्य तोकेको हुँदा कम्पनीले जिल्लाका कार्यालहरूबाट स्थानीयसँग समन्वय गरी धान खरिद पक्रिया अघि बढाइसकेको छ । कम्पनीका अनुसार हालसम्म करिब १९ हजार क्विन्टल धान खरिद भइसकेको दाबी छ ।

citizen security services

खाद्य व्यवस्था कम्पनीले गत वर्षभन्दा १७ हजार मेट्रिकटन बढी धान किन्ने लक्ष्य राखेको छ । हरेक वर्ष लक्ष्यभन्दा कम धान खरिद गर्दै आइरहेको कम्पनीले यस वर्ष समयमै समर्थन मूल्य र किसानको बालीमा पुगेको हुँदा लक्ष्यसम्मै धान खरिद गर्न लागिएको प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले बताइन् ।

attariya hospital

उनले भनिन्, ‘यस वर्ष अन्य समयको भन्दा फरक सकेसम्म तोकिएको समर्थन मूल्यमा किसानसम्मै पुगेर लक्ष्यमा पुग्नेछौँ ।’ गत वर्ष लक्ष्यअनुसार खरिद नगर्दा केही जिल्लाहरूमा खाद्य संकटको अवस्था आउँदा स्टक थिएन । सोही कारण यस वर्ष परिस्थितिलाई ध्यानमा राख्दै धान खरिद गर्न लागिएको उनको भनाइ छ । कम्पनीले देशको विशेष गरी पश्चिम तराई, पूर्वी जिल्लाहरूबाट धान खरिद गर्दै आइरहेको छ । यसअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि सहकारी परिचालन गरी आव ०७७÷७८ मा १० हजार पाँच सय ६४ मेट्रिकटन र आव ०७८÷७९ मा आठ हजार ९२ मेट्रिकटन मात्र धान खरिद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.