
अत्तरिया – कैलालीको अत्तरियामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घाइते भएकाहरूको उपचारका लागि सहयोगार्थ लायन्स क्लब अफ अत्तरिया सिटीले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
अत्तरिया बसपार्कमा आयोजित रक्तदान कार्यक्रममा अहिले जारी रहेको क्लबका अध्यक्ष तेज खड्काले जानकारी दिएका छन । भुकम्पका कारण घाईते भएकाहरूको उपचारका लागि रगत अभाव भैरहेकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताएका छन ।




















