खाेज्नुहाेस

लायन्स क्लब अफ अत्तरिया सिटीले रक्तदान कार्यक्रम आयोजना गर्ने

Image

अत्तरिया – लायन्स क्लब अफ अत्तरिया सिटीले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पमा परेर घाईते भएकाहरुको उपचारमा सहजताका लागि क्लबले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।

यही कार्तिक २० गते अत्तरिया बसपार्कमा बिहान ९ बजेदेखी रक्तदान कार्यक्रम आयोजना गरिने क्लबका अध्यक्ष तेज खड्काले जानकारी दिए । भुकम्पका कारण घाईते भएकाहरुको उपचारका लागि रक्त अभाव भैरहेकाले कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

attariya hospital

उनले देशमा परेको विपत्तिलाई अझै बढ्न नदिन सबैले रक्तदान गरेर सहयोग गरिदिन समेत आग्रह गरेका छन । जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राती ११ः४७ मा ६.४ म्याग्निच्युडको भुकम्प गएको थियो । भुकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) मा ठुलो धनजनको क्षती भएको छ ।