बैतडी – बैतडीमा स्क्रब टाइफसको संक्रमणबाट एक बृद्धको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका–६ गौकुराका ६८ वर्षीय शोभान सिंह भण्डारीको स्क्रब टाइफसको संक्रमणबाट मृत्यु भएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर भानु चालिसेले जानकारी दिए ।
उनका अनुसार उच्च ज्वरो आएर बुधबार जिल्ला अस्पताल आएका बृद्धको स्वास्थ्य चेकजाँच गर्दा स्क्रब टाइफसको संक्रमण देखिएको थियो।

थप उपचारको लागि आइसियु आवश्यकता पर्ने देखिएपछि धनगढी रेफर गरिएकोमा बाटोमै उनको मृत्यु भएको बताइएको छ । माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने गर्दछ।
















