तेल उत्पादक राष्ट्रहरूको समूह ओपेक प्लस र तेल बजारका दुई ठूला दिग्गज साउदी अरब र रुसबीचको गठबन्धनले विश्व तेल बजारमा महङ्गीएको छ । कच्चा तेलको मूल्य बढाउन दुवै देशले जुलाई २०२३ मा तेल उत्पादनमा कटौती गर्ने घोषणा गरेका थिए । जसको असर तेल बजारमा देखिएको छ ।
अमेरिकी वेबसाइट ‘वाल स्ट्रिट जर्नल’ को रिपोर्ट अनुसार साउदी अरेबिया र रुसले कम तेल उत्पादन भए पनि पछिल्ला केही महिनामा तेल राजस्वबाट अर्बौं डलर अतिरिक्त आम्दानी गरेका छन् ।
किनभने तेल उत्पादनमा कटौती गरेपछि कच्चा तेलको मूल्य निकै बढेको छ । अहिले ब्रेन्ट क्रुडको मूल्य ह्वात्तै बढेर १०० डलर पुगेको छ ।
रिपोर्टका अनुसार रुसले अप्रिल र जुन बीचको अवधिको तुलनामा यो त्रैमासिकमा तेल निर्यातबाट थप २.८ बिलियन डलर कमाएको छ । त्यस्तै, साउदी अरेबियाले सोही अवधिमा थप २ अर्ब ६ करोड डलर कमाएको छ । अर्थात् दुवै देशले दैनिक करिब ३ करोड डलरको अतिरिक्त आम्दानी गरेका छन् ।