खाेज्नुहाेस

आलियाले अस्वीकार गरेपछि ‘रामायण’ मा सीता बन्दै साई पल्लवी

Image

नितेश तिवारीको निर्देशनमा फिल्म ‘रामायण’ बन्ने भएको छ। ओम राउतले निर्देशन गरेको फिल्म ‘आदिपुरुष’ प्रदर्शन भएसँगै नितेश तिवारीले ‘रामायण’ बनाउने चर्चा चलेको थियो। यस फिल्ममा सीताको भूमिकामा आलिया भट्ट देखिने चर्चा थियो। तर आलियाले फिल्म अस्वीकार गरेकी छन्।

navjiwan hospital

भारतीय सञ्चारमाध्यम द टाइम्स अफ इन्डियाका अनुसार सीताको भूमिकामा दक्षिण भारतीय अभिनेत्री साई पल्लवी देखिने भएकी छन्। फिल्ममा रामको भूमिकामा रणवीर कपूर देखिनेछन् भने ‘केजिएफ’ अभिनेता यश रावणको भूमिकामा देखिने छन ।

attariya hospital

अल्लु अरविन्द, मधु मन्टेना र नमित मल्होत्राको लगानी रहनेछ फिल्म तीन भागमा बन्ने छ। पहिलो भागमा राम र सीताको कहानी समावेश गरिनेछ। जसमा यशको केमियो भूमिका रहनेछ।

यो फिल्मको छायांकन सन् २०२४ देखि सुरू गरिने बताइएको छ। प्यान इन्डियाको फिल्म सन् २०२५ प्रदर्शन हुनेछ।