लोटस आई क्रिकेट कप : सैनिक आवाशियको विजयी सुरुवात

अत्तरिया – कैलालीको अत्तरियामा बुधबार बाट सुरु भएको लोटस आई क्रिकेट कप प्रतियोगीतामा सैनिक आवाशिय महाविद्यालयले विजयी सुरुवात गरेको छ ।

maya metro hospital

अत्तरिया क्रिकेट क्लबको आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगीताको उद्घाटन खेलमा लोटस आई अंग्रेजी माध्यमिक विद्यालयलाई ७६ रनले पराजित गर्दै सैनिक आवाशियले प्रतियोगीतामा विजयी सुरुवात गरेको हो ।

joshi vada pasal 2

टस हारेर व्याटिङ को निम्तो पाएको सैनिक आवाशियले १९.५ ओभरमा सबै विकेट गुमाउदै १११ रन बनाउन सक्यो । सैनिकका लागि ओपनर सुशिल चन्दले ४६ रनको पारी खेले ।

उनकै पारीका कारण सैनिकले निर्धारित २० ओभरमा सम्मानजनक स्कोर बनाउन सकेको थियो । चन्द बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो स्कोर बनाउन सकेका थिएनन् । बलिङमा लोटस आईका आर्यन बोगटीले २ ओभर बलिङ गरेर ३ विकेट लिएका थिए । यस्तै योगेश खातीले ४ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर २ विकेट लिए ।

११२ रनको सामान्य लक्ष्य पाएको लोटस आई ११.३ ओभरमा सबै विकेट गुमाउदै ३५ रनमा समेटियो । लोटस आईका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा सैनिक आवाशियका सुशिल चन्दले ४ विकेट लिए । उनले ४ ओभरमा १२ रन खर्चिएका थिए ।

त्यस्तै प्रेम बोहराले २ ओभरमा ८ रन खर्चिएर ३ विकेट लिए । ब्याटिङ र बलिङमा उत्कृष्ट प्रर्दशन गरेका सैनिक आवाशियका खेलाडी सुशिल चन्द खेलको म्यान अफ द म्याच घोषित भए ।

उनले नगद १ हजार र ट्रफि प्राप्त गरे । प्रतियोगीतामा बिहिबार दुई ओटा खेल हुने आयोजकले जनाएको छ । बिहिबारको पहिलो खेल बिहान ९ बजे सत्यवती एकेडेमी र दुर्गालक्ष्मी नमुना मावि तथा दिउँसो साढे १ बजे ज्योती सेकेण्डरी स्कुल र जेके सेकेण्डरी स्कुल बिच हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.