डोटीको शिखर नगरपालिकामा एनटी फाइबर इन्टरनेट सेवा सुचारु

डोटी – डोटीको शिखर नगरपालिकामा नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुचारु भएको छ । नगरपालिकाले नेपाल टेलिकमसँगको समन्वयमा इन्टरनेट सेवा सुचारु गरेको हो ।

maya metro hospital

सेवा विस्तार भएसँगै नगरपालिकाको दैनिक कामकाजमा सहजता हुनुका साथै स्थानीयहरुले सस्तोमा गुणस्तरीय इन्टरनेट सेवा उपभोग गर्न पाउने मेयर दीर्घ बलायरले बताए ।

लगातार एक वर्षको दौडधुपपछि पालिकामा नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुचारु गर्न सफल भएको मेयर बलायरको भनाइ छ । उनका अनुसार कोरालखोलादेखि नगरपालिकाको कार्यालयसम्म ६ किलोमिटर क्षेत्रमा एनटी फाइबर विस्तार गरिएको छ ।

attariya hospital

नगरका सबै वडा र नगरपालिका माताहतका कार्यालयहरुमा एनटी फाइबर विस्तार गर्ने लक्ष्य लिएको बलायरले बताए । हाइवे सडक अन्तर्गत समूहगाडदेखि कोराल खोलासम्म यसै वर्ष नेट सेवा विस्तार गरिने उनी बताउँछन् ।

नगरपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत नवराज भट्टले एनटी फाइबर जडान भएसँगै सप्टवयरले काम नगर्ने समस्या समाधान भएको बताए । नगरपालिकाको समन्वयमा नेट सेवा विस्तार गर्न सफल भइएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक किशोर भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.