अछाम पुगेका माओवादी सचिव आचार्यको बोली बन्द, हेलिकोप्टरबाट नेपालगंज लगियो

 

अछाम – तीन महिने अभियानका क्रममा अछामको साँफेबगर पुगेका माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको बोली बन्द भएको छ । आचार्यसँगै रहेका माओवादी नेता खगराज अधिकारीका अनुसार बुधबार बिहान एक्कासी बोली बन्द भएको थियो । ‘हामी ओल्लो पल्लो कोठामा थियौं, एक्कासी बोली बन्द भयो ।

maya metro hospital

शरीरको दाहिने भाग चलाउन गाह्रो भएपछि बयलपाटा अस्पताल लग्यौं,’ भट्टले भने, ‘सिटी स्क्यान नभएका कारण हेलिकप्टरबाट नेपालगञ्ज ल्यायौं ।’

joshi vada pasal 2

आचार्यलाई सिधै काठमाडौं लग्न खोजिएको भएपनि मौसमले साथ नदिएपछि नेपालगञ्ज लगिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा सिटी स्क्यान, एक्सरेलगायतका परीक्षण गरिएको छ । टाउकोमा पुरानो चोट देखिएको छ ।

साथै पहिलो पटक माइनर हर्ट अट्याक भएको देखिएकाले उनलाई काठमाण्डौं लग्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.