खाेज्नुहाेस

अछाम पुगेका माओवादी सचिव आचार्यको बोली बन्द, हेलिकोप्टरबाट नेपालगंज लगियो

Image

अछाम – तीन महिने अभियानका क्रममा अछामको साँफेबगर पुगेका माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको बोली बन्द भएको छ । आचार्यसँगै रहेका माओवादी नेता खगराज अधिकारीका अनुसार बुधबार बिहान एक्कासी बोली बन्द भएको थियो । ‘हामी ओल्लो पल्लो कोठामा थियौं, एक्कासी बोली बन्द भयो ।

शरीरको दाहिने भाग चलाउन गाह्रो भएपछि बयलपाटा अस्पताल लग्यौं,’ भट्टले भने, ‘सिटी स्क्यान नभएका कारण हेलिकप्टरबाट नेपालगञ्ज ल्यायौं ।’

attariya hospital
navjiwan hospital

आचार्यलाई सिधै काठमाडौं लग्न खोजिएको भएपनि मौसमले साथ नदिएपछि नेपालगञ्ज लगिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा सिटी स्क्यान, एक्सरेलगायतका परीक्षण गरिएको छ । टाउकोमा पुरानो चोट देखिएको छ ।

साथै पहिलो पटक माइनर हर्ट अट्याक भएको देखिएकाले उनलाई काठमाण्डौं लग्ने तयारी गरिएको छ ।