मन्दिरलाई पवित्र धार्मिक स्थलका रुपमा लिने गरिन्छ । मन्दिर हिन्दू धर्म तथा यो धर्मका वैकल्पीक धर्म जैन, शैव, वैष्णव आदी धर्मावलम्बीहरूको पूजा स्थल हो । मन्दिर भित्र विभिन्न देवी देवताहरूका मुर्तिहरूको स्थापना गरेर पूजा पाठ गरिन्छ । त्यसैले मन्दिरलाई हिन्दूहरूको पवित्र स्थलको रूपमा लिइन्छ ।

मन्दिरमा देवताहरूको वास भएको विश्वास गरिन्छ । मन्दिरमा शंख, घण्ट, कलस, पञ्चपात्र, आदी पूजन सामग्रीहरू राखिन्छ । प्रायः सबै देवताहरूको लागि अलग अलग मन्दिर बनाईन्छ । ति अलग अलग मन्दिरहरुलाई अलग अलग नामले नै चिन्ने गरिन्छ । मन्दिर मानिसको आस्था र बिश्वासको केन्द्र हो जहा मानिसले आफनो मन लाई शान्त र भक्ती पूर्बक सर्मरपण गर्दछ । मन्दिरमा भगवान, देवी देवता को दर्शन गर्नाले आत्मीक उर्जा प्राप्त हुने विश्वास गरिन्छ ।

मन्दिरमा आस्था र विश्वास गर्ने व्यक्तिहरुले मन्दिरको रेखदेख गर्ने गर्दछन । प्रायजसो मन्दिरहरुमा मन्दिरको रेखदेख र संरक्षणका लागि समिति पनि गठन गरिएको हुन्छ । त्यो समितिले मन्दिरका हरेक विषयहरुका बारेमा जिम्मेवारी लिने गर्दछ । तर पछिल्लो स्थानीय तहहरुले मन्दिरको व्यवस्थापनका लागि रकम विनियोजित गर्न थालेपछि भने यो क्षेत्रमा पनि राजनीति मौलाउन थालेको छ ।
मन्दिरको व्यवस्थापनका लागि आएको बजेट चलाउन पाउने दाउ खोज्ने व्यक्तिहरु राजनीतिक पहुँचका आधारमा नेतृत्वकर्ता बन्न थाले । या भनौ मन्दिर जस्तो पवित्र स्थलमा पनि राजनीति हुन थाल्यो । जसले गर्दा आम मानिसमा मन्दिर प्रतिको धार्मिक भाव पनि विलिन हुन थालेको छ ।
धार्मिक मूल्य मान्यता पालना गर्ने व्यक्तिहरुले मन्दिरलाई एकदमै पवित्र भगवानको घरका रुपमा बुझ्ने गर्दछन । तसर्थ मन्दिरमा कुनै पनि अनैतिक गतिविधिहरु गर्न दिईदैन । त्यस्तो धार्मिक एवम् पवित्र स्थलमा राजनीति गरेर धार्मिक सहिष्णुता विथोल्ने कार्य गरिनु उपचत हैन । त्यसैले मन्दिरमा त्यस्तो गतिविधिमा बञ्चित गर्न अत्यन्त जरुरी छ ।