खाेज्नुहाेस

शिव शिखर सहकारीको अत्तरिया सेवा केन्द्रमा सिल

Image

अत्तरिया – शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सेवा केन्द्र अत्तरियामा सिल गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको परिपत्र अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले सोमबार अत्तरियाको धनगढी रोडमा रहेको सहकारीको कार्यालयमा सिल गरेको हो ।

शिव शिखर सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार साउन २५ गते समस्याग्रस्त घोषणा गरिएको थियो ।

attariya hospital
navjiwan hospital

सहकारी समस्याग्रस्त घोषणा पछि सहकारी ऐन २०७४ को दफा १०५ बमोजिम संस्थाको सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालयलाई सिल गर्न पत्राचार गरेको थियो ।

सोही अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका – १ मा रहेको शिव शिखर सहकारीमा सिल गरी मुचुल्का उठाइएको डीएसपी गणेश बरालले बताएका छन् ।

प्रहरीले भाडाको घरमा सञ्चालनमा रहेको सहकारीको भुइँतलामा रहेका दुई गेट र तेस्रो तलामा रहेको मूल गेटमा सिल गरेको छ । सो क्रममा प्रहरी संगै गोदावरी नगरपालिकाका जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो ।