माटोको ढिस्कोले पुरिएर घाइते भएकी महिलालाई अत्तरियाका युवाहरुद्धारा आर्थिक सहयोग

अत्तरिया – माटोको ढिस्कोले पुरिएर घाइते भएकी महिलाको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । घर लिपपोत गर्ने माटो खन्न गएका बेला घाइते भएकी कैलालीको गोदावरी नगरपालिका – ८ खुटियाकी सपना भट्टलाई उपचारका लागि ‘हाम्रो ठाउॅ हामी आफै बनाऔ’ अत्तरियाका युवाहरुको समुहले सहयोग गरेको हो ।

maya metro hospital

अत्तरिया अस्पतालमा उपचाररत भट्टलाई अस्पतालबाट डिस्चार्ज गर्न युवाहरुको समुहद्धारा ३ हजार सहयोग गरिएको विराज बिष्टले बताए ।

joshi vada pasal 2

नदीमा ढुंगा– गिट्टी कुटी जिबिका पार्जन गर्दै आएकी भट्ट एकल महिला हुन । घर लिपपोदका लागि माटो लिन भनि माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिदा hip bone भाचिएको थियो । उनको उपचारका लागि अत्तरिया हस्पिटलमा डाक्टर रितेश पोखरेलले आफ्नो लिदै आएको चार्ज समेत मिनाहा गरेका छन । साथै अस्पतालका प्रशासकीय प्रमुख डिल्लीराज पाठकले अस्पतालको तर्फबाट उपचारमा सहुलियत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.