अत्तरिया – कैलालीमा एक महिनाको अवधिमा २३४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सेप्टेम्बर महिनामा जिल्लामा २३४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार २०२३ को ९ महिनामा कैलालीमा ४२९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सोही अवधिमा दार्चुलामा १९६, कञ्चनपुरमा १७६, अछाममा ५३, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १३, बैतडीमा ११ र डडेल्धुरामा १० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

९ वटै जिल्लामा फैलिएको डेंगुबाट सुदूरपश्चिममा पछिल्लो ६ महिनाको अवधिमा ३ जनाको मृत्यु भइसकेको छ ।