टीकापुरमा स्वास्थ्यकर्मीद्धारा प्रदर्शन

 

टीकापुर – विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणको विरुद्ध टीकापुर क्षेत्रका स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् ।

maya metro hospital

‘चिकित्सक तथा स्वास्थ्यकर्मी माथिको हिंसा बन्द गर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्न देऊ’ भन्ने नाराका साथ उनीहरुले प्रदर्शन गरेका हुन् ।

joshi vada pasal 2

टीकापुर अस्पताल, साथी अस्पताल लगायतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले टीकापुर बजारमा ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

ब्यानर, प्लेकार्ड सहित बजार परिक्रमा गरेपछि कोणसभालाई सम्बोधन गर्दै टीकापुर अस्पतालका डाक्टर डबल बुढाले विभिन्न अस्पतालहरुमा स्वास्थ्यकर्मी र चिकित्सकमाथि भइरहेका घटनाको विरोधमा आन्दोलनमा उत्रिएको बताए ।

‘स्वास्थ्यकर्मी माथि भइरहेको आक्रमणबाट हामी असुरक्षित रही विक्षिप्त मानसिक अवस्थामा उपचार गर्न असमर्थ छौं’, डाक्टर बुढाले भने, ‘जेल वीथ आउट बेल कार्यान्वयन नहुँदासम्म, स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नहुँदासम्म आन्दोलन चलिरहन्छ ।’

टीकापुर अस्पतालका स्वास्थ्यकर्मीहरुले पाँच दिनदेखि आन्दोलनका विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । शुक्रबारदेखि टीकापुर अस्पतालको इमरजेन्सी सेवाबाहेकका सबै काम ठप्प पारी आन्दोलनमा उत्रिएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.