गोदावरी १२ मा आँखा शिविर संचालन गरिने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ मा आँखा स्वास्थ्य शिविर संचालन गरिने भएको छ । च्यारेटी हेल्थ फाउन्डेशन नेपालको आर्थीक सहयोग तथा धनगढी नेत्रालय प्रालि र गोदावरी नगरपालिका वडा नम्बर १२ को सयुक्त आयोजनामा आँखा स्वास्थ्य शिविर संचालन गरिन लागेको हो ।

maya metro hospital

शिविर असोज १९ गते भनथान बालविकास केन्द्र कोलमुडामा आयोजना गरिने वडा अध्यक्ष भिम बहादुर खड्काले बताएका छन । उनले शिविरमा औषधी निःशुल्क वितरण गरिने र, अप्रेशन गर्नुपर्ने विरामीको नेत्रालयमा निःशुल्क अप्रेशन गरिने बताए ।

joshi vada pasal 2

शिविरमा नाम दर्ता शुल्क भने २५ रुपैयाँ तोकिएको छ । शिविरमा वडाका पहाडी क्षेत्र कोलमुडा, हलुडे, चाप, सल्लीका जनताले सेवा लिने अपेक्षा गरिएको वडा अध्यक्ष खड्काले बताए । शिविरमा सेवा लिन अन्य क्षेत्रका जनता पनि कोलमुडा जान सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.